मुख्य समाचार

प्रहरीमाथि आक्रमण गरी फरार बिर्तामोडका नवराज राई पक्राउ

प्रहरीमाथि आक्रमण गरी फरार बिर्तामोडका नवराज राई पक्राउ


बिर्तामोड । जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

भदौ २४ गतेको आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा आक्रमण गरी सोही कार्यालयमा कार्यरत प्रहरी जवान विजय खड्कालाई कुटपिट गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न बिर्तामोड नगरपालिका–५ का २६ वर्षीय नवराज राई पक्राउ परेका हुन्।

राईलाई खोजतलासका क्रममा भक्तपुर प्रहरी परिसरबाट खटिएको टोलीले भक्तपुर क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राईमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।

शेयर गर्नुहोस :

459
Shares