खेल

बिर्तामोड १० सेमिफाइनलमा प्रवेश

बिर्तामोड १० सेमिफाइनलमा प्रवेश


बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिद्वारा आयोजित छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. १० विजयी भएको छ ।

वडा नं. १० ले वडा नं. २ लाई ५–० गोल अन्तरले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो सेमिफाइनलमा वडा नं. १० ले वडा नं. ७ को सामना गर्ने छ । बिर्तामोड–१० को जितमा विकेश लिम्बुले ह्याट्रिक पूरा गरे । सुजन लिम्बु र आदित्य गुरुङले टिमका लागि समान एक गोल थपे ।

खेलको प्लेयर अफ द म्याच बिर्तामोड–१० का विकेश लिम्बू भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । बुधबारको अन्तिम क्वाटरफाइनल खेल बिर्तामोड वडा नं. १ र ५ बीच हुने आयोजकले जनाएको छ ।
भेट्रान्स फुटबल प्रतियोगितामा बिर्तामोड–१० सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० ले २ लाई २–० गोल अन्तरले हरायो ।

बिर्तामोड–१० का लागि दुवै गोल नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य तथा हालका राष्ट्रिय प्रशिक्षक प्रवेश कटवालले गरे । पहिलो हाफमा पेनाल्टी मार्फत गोल गरेका कटवालले दोस्रो हाफमा अर्को गोल थपेका थिए ।

राष्ट्रिय टिमका अर्का पूर्व सदस्य दिलेन लोक्तामसमेतको उपस्थितिमा वडा नं. १० ले २ माथि निरन्तर दवाव दिएको थियो । खेलको प्लेयर अब द म्याच बिजेता टिमका प्रवेस कटवाल भए । उनले नगद १ हजार ५ सय रुपैया पुरस्कार पाए । भेट्रान्स अन्तरगतको बुधबार अन्तिम क्वाटरफाइनल खेल बिर्तामोड–१ र ५ बीच हुनेछ ।

शेयर गर्नुहोस :

945
Shares