मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप – २०८२ को खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक प्रेस क्लब मेचीनगरले सोमवार एक कार्यक्रमकाबीच पुस २७ र २८ गते हुन लागेको मिडिया कपको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, पत्रकारजन्य संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आर्चाय र पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला लगायतले खेल तालिका सार्वजनिक गरेका हुन् ।

भारतका २ तथा नेपालका ६ पत्रकारको टोलीबीच हुने मिडियाकपको पहिलो दिन पुस २७ गते ४ खेल हुनेछन् । भद्रपुर प्रेस क्लब र अर्जुनधारा प्रेस क्लबबीच उद्घाटन खेल हुनेछ । दोस्रो खेलमा आयोजक मेचीनगर प्रेस क्लब र कन्काइ सुरुङ्गा प्रेस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो खेलमा दार्जिलिङ्गको तेराइ प्रेस क्लब र दमक पत्रकार मञ्च भिड्ने छन् भने चौथो खेलमा सिक्किम बगांलको टिम इण्डिया र बुद्धशान्ति प्रेस क्लब आमने सामने हुनेछन् ।
दोस्रो दिन पुस २८ गते दुई सेमिफाइनल तथा फाइनल खेल हुने तय भएको आयोजक संस्थाका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।







प्रतिक्रिया