खेल

बुट्टाबारी गोल्डकपको फाइनलमा बुट्टाबारी युनाइटेड र फेयर फुटबल क्लब भिड्दै

बुट्टाबारी गोल्डकपको फाइनलमा बुट्टाबारी युनाइटेड र फेयर फुटबल क्लब भिड्दै


बिर्तामोड । एनी चौथो बुट्टाबारी गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा हुने उपाधि भिडन्तमा आयोजक बुट्टाबारी युनाइटेड र धरानको फेयर फुटबल क्लब आमनेसामने हुँदैछन्।

फाइनल खेल दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। दुवै टोली उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेकाले आजको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफीमा चित्त बुझाउनुपर्नेछ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष प्रविन राईले जानकारी दिए।

प्रतियोगिताको टाइटल प्रायोजक खेलकुद पोशाक ब्रान्ड ‘एनी’ रहेको छ। पहिलो पुरस्कार बिर्तामोड नगरपालिकाले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार कनकाई अस्पतालले प्रायोजन गरेको संस्थापक अध्यक्ष हिमाल कन्दङ्वाले बताए।

स्थानीय फुटबलप्रेमीमाझ लोकप्रिय बन्दै गएको बुट्टाबारी गोल्ड कपले यस वर्ष पनि दर्शकको उल्लेखनीय साथ पाएको आयोजकले जनाएको छ। फाइनल खेललाई विशेष आकर्षणका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस :

27
Shares