बिर्तामोड । अनेरास्ववियु झापा र प्रेस चौतारी नेपाल झापाबीच मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । आज बिर्तामोड स्पोट्स सेन्टरमा मैत्रीपूर्ण फुटसल सम्पन्न भएको हो । दुई संगठनबीच आपसी सम्बन्ध विस्तार गर्न विश्वकप फाइनलको पूर्वसन्ध्यामा फुटसल आयोजना गरिएको थियो ।
प्रेस चौतारी झापा र अनेरास्ववियुले आगामी दिनमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै सामाजिक काममा क्रियाशिल हुने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

अनेरास्ववियु झापा जिल्ला अध्यक्ष निगेश श्रेष्ठको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा कोशी प्रदेश इन्चार्ज प्रविण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न मैत्रीपूर्ण फुटसलमा नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष प्रेम गिरी, जिल्ला सचिव तुलसी कार्की , अनेरास्ववियु कोशी प्रदेश संयोजक नारायण पोखरेल, अनेरास्ववियु केन्द्रीय सदस्य सन्तोष धमला, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, सहसचिव तिलक योञ्जन, सदस्यहरु प्रकाश बानियाँ, किशोर उपरकोटी, अस्मिता साँखी, प्रदेश कमिटी सहसंयोजक पारस राई, प्रेस चौतारी केन्द्रीय सदस्य गोपाल काफ्ले, पूर्व केन्द्रीय सदस्य भीमा शिवाकोटी, एमाले बिर्तामोड नगर अध्यक्ष सुबास भट्टराई , बाह्रदशी अध्यक्ष अनिल सापकोटा, अनेरास्ववियु कोशी प्रदेश कमिटी सदस्य सुरज कोइराला लगायतको आतिथ्यता रहेको थियो ।
मैत्रीपूर्ण फुटसलमा दुवै तर्फबाट १२–१२ गोल भएको थियो ।







प्रतिक्रिया