बिर्तामोड । भर्खरै बिर्तामोडमा सवारी दुर्घटना भएको छ । यात्रुबाहक बसले २ वटा सिटी सफारी, एउटा भारतीय कार र मोटरसाइकललाई ठक्कर दिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड आँखा अस्पताल नजिकै बसले ठक्कर दिएको छ । विपरित दिशामा बस अन्य सवारी साधनलाई ठक्कर दिएको हो । घटनास्थलमा अहिले बस चालकलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको छ । घटनास्थलमा ट्राफिक र जनपथ प्रहरीको टोली पुगिसकेको छ ।
एक जना ५ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको बुझिएको छ ।
अपडेट







प्रतिक्रिया