मुख्य समाचार

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण


काठमाडौं, ३० कार्तिक । विभिन्न तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण गर्नेहरूमा भारतका लागि आवासीय राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उक्त शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu