काठमाडौं । काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ५ बजेदेखि सुरु हुनेछ । आजको विजेता टोलीले बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ ।
यसअघि हिजो मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।







प्रतिक्रिया