मुख्य समाचार

पाथीभरामा ४९ लाख ८७ हजार भेटी सङ्कलन

पाथीभरामा ४९ लाख ८७ हजार भेटी सङ्कलन


ताप्लेजुङ – ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २ सय रुपैयाँ भेटी संकलन भएको हो।

कात्तिक महिनामा पाथीभरामा ६४ हजार १ सय ६ जना दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए।

पाथीभरा क्षेत्र विकास समितिले संकलित भएको भेटीमध्ये हरेक महिना गणना भएको रकम सार्वजनिक गर्दै आइरहेको छ।

पाथीभरामा कात्तिक २८ गते शनिबार विगत वर्ष यताकै एकै दिन धेरै दर्शनार्थी आएका थिए। पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार उक्त दिन ११ सय २ सय ७२ जनाले मन्दिरको दर्शन गरेका थिए।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu