पर्सा हुँदै भारतमा गाँजाको ‘ओपन रुट’ : ४ नेपाली पक्राउ

सञ्जय मिश्रा रौतहट, १६ भदौ । नेपालबाट भारततर्फ हुने गाँजा तस्करीको ‘रुट’मा पर्सा–रक्सौल खण्ड फेरि चर्चामा आएको छ। पछिल्ला दुई घटनामा भारतीय प्रहरीले मोटरसाइकलको सिटभित्र लुकाइएको गाँजादेखि दुईवटा स्कर्पियोमा राखिएको झण्डै १९१ किलो गाँजा बरामद गरेको छ। यी दुई छुट्टाछुट्टै घटनामा एक भारतीयसहित चार नेपाली नागरिक पक्राउ परेका छन्। भारतीय सुरक्षाकर्मीले लगातार कारबाही तीव्र बनाएपछि…