बैशाख १४, २०८१ शुक्रबार

सुरक्षामा ध्यान दिऊ : सम्पादकीय

दशैं शुरु भएकाले बजारमा भीडभाड , चहलपहल शुरु भइसकेको छ । भीडभाडका कारण सुरक्षा जोखिम बढेको छ । दशैं लगायत चाडवाडमा हुने चहलपहलमा अपराधिक मानसिकता भएकाहरु मौकामा चौका हान्न खोजिरहेका हुन्छन् । उनीहरुले यहि मौका छोपेर लुटपाट, चोरी गर्न सक्ने भएकाले आम सर्वसाधारणले हिडडुल गर्दा होस् वा घरमै बस्दा होस् विषेश सुरक्षा सतर्कता अपनाउन जरुरी छ । बजारमा किनमेल गर्न जाँदा उपभोक्ताहरु बाटैमा लटिएका घटनाहरु छन् । बैंक तथा वित्तीय संस्थाबाट पैसा झिकेर निस्किदा पैसा लुटिएको घटना सबैलाई थाहा छ ।

चाडवाडको बेला बजारमा धेरै पैसा बोकेर किनमेल गर्न जाँदा भरसक एक्लै हिडडुन नगर्दा राम्रो हुन्छ । बैंक तथा वित्तीय संस्थामा कारोवार गरेर बारिह निस्किदा पनि ख्याल गर्नैपर्छ । बैंक , वित्तीय संस्थाले पनि बारिह निस्किएका कारोवारीहरुको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन जरुरी देखिन्छ । बैंक तथा वित्तीय संस्थाले अनिवार्य सीसी क्यामेरा जडान गरेमा असुरक्षा कम हुन्छ । यदि कुनै घटना भइ गएमा पनि सीसी क्यामेराको सहयोगले लुटेरा पहिचान गर्न सकिन्छ ।

अहिले बजारमा लागुऔषध प्रयोगकर्ता छ्यापछ्याप्ती छन् । उनीहरुलाई ज्यानकै माया छैन । त्यसैले उनीहरुबाट सुरक्षित हुनुको विकल्प छैन । चाडपर्वमा सुरक्षा जोखिम हुन्छ नै । प्रहरी प्रशासन पनि यो समयमा अन्य समयमा भन्दा धेरै सक्रिय भइरहेको हुन्छ । प्रहर िप्रशासन सक्रिए भए पनि स्वयम् सुरक्षित हुनु राम्रो कुरा हो । विगतमा बिर्तामोडका ठुला बजारबाटै सर्वसाधरण लुटपाट भएका घटना छन् । यसैले चाडवाडमा आवश्यक सतर्क हुन जरुरी छ । घर छोडेर हिड्दा पनि राम्रोसँग ताला लगाएर हिड्नुहोला ।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]