बैशाख १४, २०८१ शुक्रबार

लकडाउनको विकल्प

सम्पादकीय

झापामा प्रतिदिन कोरोना भाइरस संक्रमण दर बढिरहेको छ । झापामा मात्र होइन देशभर कोरोना संक्रमित बढिरहेको तथ्याङक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिहरेको छ । आइतवार जिल्लामा ५ जना कोरोना संक्रमित थपिए । सोमवार पनि ३ जनामा कोरोना पुष्टि भयो । सरकारलाई शैक्षिक संस्था तीन साताका लागि बन्द गर्न सिफारिस पनि भइसकेको छ । तर , प्याव्सन लगायत सरोकारवालाले विधलायहरु बन्द नगर्न सूझाव दिए ।

कोरोना संक्रमणको दोस्रो चरणमा नयाँ भाइरस पुष्टि भइरहेको छ । जसले सरकार समेत चिन्तित छ । सरकारले भरसक लकडाउन नगर्ने मनासाय बनाएको छ । तथापि, आवश्यक मापदण्ड पुरा गर्न सबैलाई आग्रह गरिरहेको छ । आग्रह गरिरहे पनि कसैले कुनै पनि क्षेत्रमा स्वास्थ्य मापदण्ड पुरा गरिहरेको अवस्था छैन । जो कोहि खुलेयाम हिडिरहेको कारण संक्रमण बढेर जाने निश्चित छ । सीमा क्षेत्रमा समेत आवश्यक सतर्कता नअपनाउँदा समस्या बढ्दै जाने अनुमान गर्न सकिन्छ ।

विश्वव्यापी कोरोनाले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको छ । विस्तारै उठ्दै गरेको सबै क्षेत्रमा फेरि लकडाउन भएमा अर्को जटिल समस्या थपिनेछ । अब, लकडाउन गर्न हुदैन । लकडाउन नगर्दा अन्य उपाय भने अनिवार्य अपनाउनै पर्छ । लकडाउनको विकल्प भनेको स्वास्थ्य मापदण्ड अपनाउनु नै हो । यसैले लकडाउन गर्न नदिन सबैले मापदण्डलाई मानौं । यदि मापदण्ड पनि नमान्ने हो भने कोरोना संक्रमण भयावह अवश्य हुनेछ । बेलैमा सतर्क बनौं ।

प्रकाशित मिति : चैत्र ३१, २०७७ मंगलबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]