बैशाख १६, २०८१ आईतबार

केपी ओली रोड रेसमा दिनेश र राममायालाई उपाधि

बिर्तामोड । नेपाल खेलकुद महासघं कोशी प्रदेश कमिटीले आयोजना गरेको केपी ओली रोड रेस प्रतियोगिताको उपाधि पुरुष तर्फ दिनेश कुमार यादव र महिला तर्फको उपाधि राममाया बुडाले जितेका छन् ।

५१ औं शहिद दिवस पारेर आयोजना गरिएको झापाको चारपाने चोकबाट इलाम र झापाको संगम स्थल सुखानी शहिद पार्कसम्म (१०) किलोमिटर दुरीको दौडमा यादव र बुडाले उपाधि जितका हुन् । विजेता दुवै जनाले जनहि ५१ हजार हजार रुपैँया नगद , मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यादवले ५१ मिनेट २३ सेकेण्ड ७ मिलीसकेण्डमा १० किलोमिटरको दुरी पार गर्दै बिजेता बने भने महिला तर्फकी बिजेता बुडाले ५९ मिनेटमा दुरी पार गरेकी थिइन् ।

यसैगरी पुरुष तर्फ सन्दिप बस्नेत द्धितिय बनेका थिए । उनले ५३ मिनेट ४ सेकेण्ड ८ मिलिसेकण्डमा तोकिएको दुरी पार गर्दै द्धितीय बन्न सफल भए । यता, पुष्पा भण्डारीले १ घण्टा ३ मिनेट ९ सेकेण्डमा दुरी पार गरेर महिला तर्फको द्धितिय स्थान हासिल गरिन् । दुवै जनाले जनही ३१ हजार नगद, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।
यसैगरी पवन कार्कीले ५४ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै पुरुष तर्फको तृतिय बन्दा महिला तर्फ फूलमती रानाले १ घण्टा ३ मिनेट ४ सेकेण्ड अवधिमा सो दुरी पार गर्दै तृतिय भइन् । दुवै जनाले जनही नगद २१ हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

दुवै तर्फका उत्कृष्ट १० सम्मलाई पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको मुल आयोजक उपसमिती संयोजक प्रकाश बस्नेतले जानकारी दिए । प्रतियोगितामा देशभरबाट ४ सय ४८ जना सहभागी भएका थिए ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा युवाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

फागुन २१ सुखानी दिवस समेत रहेको र कम्युनिष्टहरुले २०२८ सालमा गरेको वर्ग संघर्षको आन्दोलनका क्रममा पाँच जना शहिदहरुले शहादत प्राप्त गरेको ऐतिहासिक ठाउँ सुखानी पार्कमा प्रतियोगिताको समापन गरिएको नेपाल खेलकुद महासघं कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]