काठमाडौँ, २१ कात्तिक - राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उहाँको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ । उहाँले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य…