राष्ट्रपति पौडेललाई जर्मनीमा गार्ड अफ अनर

काठमाडौँ । जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा गार्ड अफ अनरको सम्मान दिइएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच जर्मनीको बर्लिनमा केहि बेर अघि भेटवार्ता शुरू भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ…