दिल्ली विष्फोट : मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं, २४ कार्तिक । भारतको दिल्लीमा विष्फोट हुँदा मृत्यु हुनेको संख्या दश पुगेको छ । सोमबार साँझ दिल्लीको लालकिल्ला नजिकै पार्क गरिएको एउटा कारमा विष्फोट हुँदा दश जनाको घटनास्थलमै मृत्यु भएको हो । विष्फोटमा परेर २४ घाइते भएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार, केही क्षणमै गाडी आगोको ठूलो गोला बनेको थियो र त्यसबाट उठेका ज्वालाहरूले छेउमै…