लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’

सिमकोट । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो । केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युत्को विकासका कारण परम्परागत दुनेडी लोप हुँदै गएको सिमकोट–२ ठेहेका शङ्कर रावलले बताए । उनले भने, ‘सदरमुकाम…