बिर्तामोड । झापाको कनकाई नगरपालिका–९ का ४१ वर्षीय प्रकाश राई १२ वर्ष वैदेशिक रोजगारीमा बसेर फर्किएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका राई अहिले गाउँघरको फोहोरलाई मोहोरमा बदल्ने काम गर्दैछन् । एक दशक लामो परदेश बसेर फर्किएका उनी गाउँमा फोहोरलाई मोहोर बनाउने अभियानमा सक्रिय छन् । दुई वर्षदेखि आफ्नै गाउँमा उनले पुराना, विग्रिएका र पुनःप्रयोग गर्न…