२ हजार विन्दुभन्दा तल झर्‍याे शेयर बजार

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ०८ अङ्कले घटेर एक हजार नाै सय ९६ दशमलव २५ विन्दुमा झरेकाे छ ।  सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन, जलविद्युत्, व्यापार र हाेटल तथा पर्यटन समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ । …