सुखानी गोल्डकप : लेटाङ सेमिफाइनलमा

अर्जुनधारा । मोरङको लेटाङ फुटबल क्लब यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लेटाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको २६औँ मिनेटमा लेटाङकी एमा राईले गोल गर्दै खाता खोलेकी थिइन् । त्यस्तै, टिमका…