आर्मी च्याम्पियन

झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा स्पर्धी चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत निकाल्दै आर्मी च्याम्पियन बनेको हो । चर्च ब्वाइजविरुद्ध २–० गोलको नतिजामा आर्मीलाई च्याम्पियन बनाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए । आर्मीका लागि पहिलो र…