नयाँ मोडमा आस्था राउत प्रकरण : प्रहरीले पक्राउ पनि गर्न सक्ने

काठमाडौं - गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थालेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेजसहित लिखित निवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दिएकी हुन्। विमानस्थलमा गायिका राउतसँग भएको भनिएको घटनाबारेमा प्रहरी जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लिखित जानकारी गराएपछि अनुसन्धान अघि बढाइएको हो।  महानगरीय प्रहरी…