झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि रक्षा गरेको हो । अर्जुनधारा ९ खरबन्दीस्थित नमुना खेलमैदानमा आयोजित प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले…