‘सर्वोच्चमा नमिलेको मुद्दा मिलायौं, विकास अब देखिन्छ’ : उपाध्यक्ष थापा

झापाको गौरीगञ्ज गाउँपालिका दक्षिण पश्चिममा रहेको स्थानीय सरकार हो । ग्रामीण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका विकासको दृष्टिले धेरै पछाडि छ । स्थानीय सरकारको गठनपछि विकासमा विस्तारै गति लिइरहेको गौरीगञ्जमा जनप्रतिनिधि विचको समन्वयले चर्चामा पनि आइरहन्छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गौरीगञ्जमा न्याय सम्पादन बारे हामीले खोजी गरेका छौं…