बिर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा संकलित रकमबाट झापा गाउँपालिकाको बाढी क्षेत्रमा राहत वितरण गरिएको छ । प्रभावितहरुमध्ये ५ सय परिवारलाई आज राहत वितरण गरिएको हो । इलाका प्रहरी कार्यालय कुमरखोद र रेडक्रसको भवनबाट पीडितहरूलाई खाद्यान्न लगायतका सामग्री वितरण गरिएको छ । खाद्यान्न र गैरखाद्यान्न गरी प्रति परिवार ३ हजार रुपैयाँ बराबरको राहत सहयोग…