झापाका बेकरी उद्योग संकटमा, व्यवसायीको गुनासै–गुनासा

रोहित काफ्ले भद्रपुर । झापामा बेकरी उद्योग संकटमा रहेको व्यवसायीहरुले बताएका छन् । झापाको भद्रपुर–७ स्थित नव दुर्गा मन्दिरको सभाहलमा शुक्रबार आयोजित बेकरी उद्योग व्यवसायी संघ झापाको चौथो साधारणसभा व्यवसायीहरुले त्यस्तो गुनासो गरेका हुन् । साधारणसभामा व्यवसायीहरुले झापामा खुला सीमाका कारण सस्तो भारतीय उत्पादन नेपाली बजारमा छ्याप्छ्याप्ती पाइने, विभिन्न कारणले नेपाली उत्पादनले भारतीय उत्पादनसँग प्रतस्पिर्धा…