जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कार वितरण

बिर्तामोड । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच फरक – फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार अन्तरगत साहित्य, पत्रकारिता तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा बर्षोत्कृष्ठ कृति पुरस्कारबाट झापा भद्रपुरका होम सुवेदी, विष्णुचन्द्र पद्मा बिशेष…