राजगढको झापा एफसी सेमिफाइनलमा

बिर्तामोड । राजगढको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा एफसीले बुट्टाबारी युनाइटेड एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । खेल अवधिभर झापाले बुट्टाबारीलाई निक्कै दबाबमा राखेको थियो…