बिर्तामोड । मंसिर ९ गते झापा आउने पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि राजनीतिक दलको निम्तोमा नआएको स्पष्ट पारिएको छ । बिर्तामोड–१ स्थित इकोम कलेजको कार्यक्रममा आउने शाह कलेजकै निमन्त्रणामा आउने भएका हुन् । कलेज परिसरमा राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शाह बिर्तामोड आउने निश्चित भइसकेको छ । सो कार्यक्रमको आवश्यक तयारी पूरा…