चारआलीमा अस्वस्थ्यकर २४० केजी माछा पुरियो

बिर्तामोड । झापाको मेचीनगर -१३ स्थित चारआलीमा अस्वस्थ्यकर माछा नष्ट गरिएको छ । विल समेत फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ७५ हजार बराबरको २४० केजी माछा नष्ट गरिएको झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए । आइतवार दिउँसो पूर्वबाट पश्चित तर्फ ल्याउदै गरेको माछा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो ।…