बिर्तामोड । झापाको बिर्तामोडस्थित धर्मकाँटा रोडमा अत्याधुनिक प्रविधिसहित सेवा दिने गरी नेपाल डेन्टल एण्ड मल्टिस्पेसियलिटि केयर सेन्टर सञ्चालनमा आएको छ ।
उक्त सेन्टरको शुक्रवार विहान बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले औपचारिक उद्घाटन गरेका हुन् । करिव एक करोड भन्दावढी लगानीमा सञ्चालनमा आएको डेन्टल उद्घाटनको अवसर पारेर ओपिडीसहित अन्य सेवामा बिशेष छुट दिइएको छ ।

डेन्टलका सञ्चालक कमल कोइराला र अनिता बजगाईले बिर्तामोडका दन्त स्वास्थ्य सम्बन्धी सेवादिन अत्याधुनिक प्रविधि भित्राएको बताए ।
सञ्चालक कोइलाराका अनुसार डेन्टलमा मंसीर महिनाभर ओपिडी निःशुल्क व्यवस्था गरिएको छ । अन्य उपचार सेवामा १५ प्रतिशत छुट र गरिव तथा बिपन्न, ज्येष्ठ नागरिक, अपाङ्ग, असक्त ब्यक्तिलाई वडाको सिफारिसमा निःशुल्क उपचार सेवा प्रदान गरिने हिरा कोइरालाले बताए ।
डेन्टलमा दाँत निकाल्ने, सफा गर्ने, जरैबाट भर्ने, दाँत टल्काउने, नक्कली दाँत लगानउने, दाँत प्रत्यारोपण, नमिलेको दाँत मिलाउने साथै दाँत र मुख सम्बन्धि सम्पूर्ण उपचार गरिने सञ्चालक बजगाँईले बताइन् ।
डेन्टलमा झापामै पहिलो पटक युरोपियन कम्पनीको बिक्लास अटो क्ल्याभ मेशिन भित्राएको दावी गरिएको छ । डेन्टलमा डा. ज्योति शर्माले उपचार सेवा प्रदान गर्ने जनाइएको छ ।







प्रतिक्रिया