झापा – झापाको बिर्तामोड ४ मा प्रथम वडा अध्यक्ष टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । मंसिर १२ र १३ गते बिर्तामोड – ४ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको नयाँ भवनको खेल मैदानमा हुने अन्तर वडा क्रिकेट प्रतियोगितामा नगरभरिका १० वटै वडाका टीमहरुले भाग लिने भएका छन् ।

युवाहरुलाई प्रति आकर्षित गर्नु , स्वस्थ्य प्रतिष्पर्धाको विकास गर्नु तथा खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक खेलकुद विकास समिति, बिर्तामोड–४ ले पत्रकार सम्मेलन गरी जनाएको छ ।
प्रतियोगिताका विजेता टीमलाई ३० हजार नगद, ट्रफी तथा मेडल प्रदान गरिने भएको छ भने उपविजेता टीमलाई २० हजार नगद , ट्रफी तथा मेडल प्रदान गरिने आयोजक समितिका अध्यक्ष चन्द्रशेखर मैनालीले बताए ।
त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच , प्रतियोगिताका बेष्ट ब्याट्समेन , बेस्ट बलर , प्लेयर अफ द सिरिज, इमर्जिङ प्लेयर , बेस्ट फिल्डर , बेस्ट विकेट किपरलाई पनि पुरस्कृत गरिने अध्यक्ष मैनालीले जानकारी दिएका छन् । बिर्तामोड नगरपालिकाको सहयोगमा अढाई लाख रुपैयाँमा सो प्रतियोगिता सम्पन्न गर्न लागिएको प्रतियोगिताका संयोजक नितेश डाँगीले बताए ।







प्रतिक्रिया