बिर्तामोड । झापाको बिर्तामोडमा जडित सीसी क्यामेराले शान्ति सुरक्षासँगै अपराध, अनुसनधानमा ठुलो मद्दत पुगेको छ । प्रहरीले सीसी क्यामेराको सहायताबाट अनेकौं घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा संलग्नहरुको पहिचानका लागि सीसी क्यामेरा धेरै प्रभावकारी भएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवर बताउँछन् । इलाका प्रहरी कार्यालय अनारमनीको कार्यक्षेत्रभित्र १ सय वटा सीसी क्यामेरा जडान गरिएको…