मोहनमाया गौरव गर्न योग्य विद्यालय : नगरप्रमुख प्रसाई

बिर्तामोड । बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले मोहनमाया माविको शैक्षिक उपलब्धी प्रशंसा गर्न योग्य रहेको बताएकी छन् । उनले नगरको उत्कृष्ट विद्यालयको रुपमा मोहनमायाले पहिचान स्थापित गरेको बताइन् । बिहीवार मोहनमाया माविको ५५ औं वार्षिकोत्सव अवसरमा प्रमुख अतिथि नगरप्रमुख प्रसाईले विभिन्न उतारचढावका बिचमा विद्यालयले हासिल गरिरहेको उपलब्धी गौरव गर्न लायक रहेको धारणा व्यक्त गरिन् ।…