काँकरभिट्टा बसपार्क व्यवस्थापन गर्न दोस्रो चरणको छलफल

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग दोस्रो चरणको छलफल गरेको छ । काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजकत्वमा नगरपालिका परिसरमा सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल गरिएको हो । नेपालको पूर्वी प्रवेशद्वारसँगै रहेको काँकरभिट्टा बसपार्क विगत केही बर्षयता अस्तव्यस्त बनिरहेको छ…