काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने भएको छ । टोलीका प्रत्येक सदस्यलाई एन्फाले एक एक लाख रुपियाँ पुरस्कार दिने जनाएको छ । एन्फाका प्रवक्ता किरण राईका अनुसार थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलरबाट टोलीका सदस्यलाई वितरण गरिने बताउनुभएको छ ।…