बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ

झापा - भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा गत शनिबार १७ वर्षीय युवतीमाथि बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ परेका छन् । रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसभित्र भएको बलात्कार घटनामा संलग्न मुख्य अभियुक्तलाई बिहीबार झापाको भद्रपुर २ पृथ्वीनगरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय भक्तपुरको विशेष प्रहरी टोलीले अभियुक्तलाई पक्राउ…