झापामा १४ वर्ष अघि भएको हत्याका अभियुक्त पक्राउ

झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरको छ । झापाको साबिक टागनडुब्बा गाविस–३ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका हुन् । झापाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मा छन् । उनी टागनडुब्बा–३ स्थित ससुरालीमा गएका बेला घटना भएको…