८ जिल्लामा बाढी पहिरोको प्रभाव: एकैदिन २३ को मृत्यु, ३६ बेपत्ता

काठमाडौं - अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु भएको छ। त्यस्तै, ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा ज्यान गुमाएका छन्। बाढी पहिरोका कारण शुक्रबार २६ जना घाइते भएका छन्। म्याग्दीमा ३ जनाको ज्यान गएको छ भने…