झापा । आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मध्य र पश्चिमको पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी परे पनि धेरै…