बिर्तामोड । होमक्वारेन्टाइन बसेका बिर्तामोडका संक्रमितको घर सिल गरिएको छ । बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले संक्रमितको बिर्तामोड–७ स्थित रेखा टोलमा रहेको घर सिल गरेको हो । उनको घरमा सिल गरेको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । संक्रमितलाई उपचारको लागि गोठगाउँ पठाएपछि खड्का सहितको टोली संक्रमितको घरमा आजै कन्ट्याक्ट ट्रेसिङको लागि पुगेको थियो…