बिर्तामोड, ६ असारः नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘लागूऔषधविरुद्ध झापा अभियान’को उद्घाटन कार्यक्रममा कार्कीले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि देशभर १५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै…