बिर्तामोड । जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा उल्लेख्य परिवर्तन देखिन थालेको भन्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा आयोजित “जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम” मा मनसुन तथा वर्षा चक्रमा आएको परिवर्तनले विपद्को…