विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवासमा प्रहरीले सोमबार (आज) बिहानै छापा मारेको छ । अवैध रूपमा ठुलो परिमाणमा नगद संचित गरी राखेको विशेष सूचनाका आधारमा प्रहरीले मुन्दडाको घर र कार्यालयलाई घेरा हाली खानतलासी सुरु गरेको हो । विराटनगर–७ स्थित मोरङ व्यापार संघको कार्यालय अगाडि रहेको मुन्दडाको निवासमा अहिले…