झापा । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले स्थानीय तहको आगामी पाँच वर्षको विकासका लागि युवाहरूको दृष्टिकोण समेट्दै बृहत् ‘विकास–विचार प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘समृद्ध बाह्रदशी निर्माणका लागि एकीकृत योजना सहितको साझा दृष्टिकोण’ भन्ने मूल नारासहित सुरु हुन लागेको यो प्रतियोगितामा १३ देखि ४० वर्ष उमेर समूहका युवा तथा विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।…