मेचीनगर - प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले चुमेको छ। आइतबारको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि चुमेको हो । काँकरभिट्टा माविको खेलमैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल भएको थियोे । बोस्टनका लागि विवेक चिमोरियाले सर्वाधिक २८…