विर्तामोड । नेकपा (एमाले) को १०औँ महाधिवेशनका लागि झापाबाट प्रतिनिधि चयनको काम सकिएको छ । सहमतिमै प्रतिनिधि छनोट गर्न कसरत गरे पनि सबै क्षेत्रमा सहमति जुट्न सकेन । सहमति नजुटेको ठाउँमा चुनावी प्रक्रियाबाट प्रतिनिधि छानिएको एमाले झापाका सचिव मदन अधिकारीले जानकारी दिए । उनका अनुसार सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनको काम सम्पन्न भइसकेको छ ।…