आपसी मेलमिलाप सहिष्णुतालाई सुदृढ बनाउँदै चाडपर्व मनाउन आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वलाई मितव्ययी बनाउन आग्रह गर्नुभएको छ । तिहार तथा भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित नभएको बताउनुभएको छ। तिहारको अभिन्न…