महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कविगोष्ठीलगायतका कार्यक्रम गरिएका छन् । साहित्यिक पत्रकार सङ्घ र कमलपोखरी छठपूजा समाजको संयुक्त आयोजनामा बुधबार कमलपोखरीमा साहित्यिक कार्यक्रम सन्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले देवकोटाको योगदानको स्मरण गर्दै कमलपोखरी क्षेत्रको विकासबारे प्रकाश पार्नुभयो । वरिष्ठ नाट्यकर्मी अशेष मल्लले…