विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिनुभएको छ । उहाँले सोमबार प्रदेश सभामा सम्बोधन गरेपछि पदबाट मार्गप्रशस्त गर्नुभएको हो । आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गर्नुभएको थियो । यसअघि ७ कात्तिकमा विश्वासको मत विभाजनका लागि बैठक बोलाइएको थियो । तर, एमाले र कांग्रेसले बैठक…