टीकापुर । नेपालीहरुको घरआँगनमा तिहार भित्रिएको छ । तिहारको तयारीमा नेपाली समुदाय जुटेको छ । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउनुहुन्छ । उहाँले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए पनि चिल्ला खानेकुरा पकाउनु हुन्छ । “रोटी पकाउन सुरु भइसकेको छ । तिहारमा महिनौँसम्म खानका लागि रोटी…